×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकको रबैयाविरुद्ध बोल्यो चार्टड एकाउन्टेन्ट्स संघ (विज्ञप्तिसहित)

PRIME CA

महालक्ष्मी विकास बैंकको रबैयाविरुद्ध बोल्यो चार्टड एकाउन्टेन्ट्स संघ (विज्ञप्तिसहित)

११ जेष्ठ २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । महालक्ष्मी विकास बैंकले मेनेजमेन्ट ट्रेनी पदमा सिएहरुलाई मागेर सिएहरुको घनघोर बेइज्जत गरेपछि अन्ततः नेपाल चार्टड एकाउन्टेन्टस् संघ (एक्यान)ले यसको विरोध गरेको छ । संघका महासचिव तेज प्रसाद सुवेदीले मंगलबार एक विज्ञप्ति जारी गर्दै यसको विरोध गरेका हुन् ।
सिए आफैमा विज्ञ डिग्री भएको र प्रशिक्षार्थीको रुपमा माग्दा सीएको गरिमामा आँच आउने उल्लेख गर्दै संघले सुविधा दिने कुरा प्रतिस्पर्धाको आधारमा निर्धारण गर्दा आपत्ति नरहेको तर विज्ञलाई प्रशिक्षार्थीको रुपमा राखिनु आपत्तिजनक रहेको उल्लेख गरेको छ ।
सिएहरुलाई मेनेजमेन्ट ट्रेनीमा मागिनु र त्यो पनि महालक्ष्मी विकास बैंकजस्तो करियर खासै गतिलो नहुने बैंकमा भन्दै सिएहरुले सो भ्याकेन्सीबारे आपत्ति जनाएका थिए । सो भ्याकेन्सीको चौतर्फी विरोध भएपछी अन्तत संघले विज्ञप्ति नै जारी गरेर यसबारे गम्भीर ध्यानकर्षण भएको बताएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: