काठमाडौँ । नेपाल राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै भदौ २९ गतेदेखि १० गतेसम्म सुकिला नोट वितरण गर्ने जनाएको छ ।
बजारमा पर्याप्त सुकिला नोट भएपछि यसवर्ष नयाँ नोट वितरण गर्ने निर्णय राष्ट्र बैंकले गरेको हो । राष्ट्र बैंकले गतवर्ष पनि सुकिला नोट नै वितरण गरेको थियो ।
सुकिला नोटहरु राष्ट्र बैंकको थापाथलीस्थित केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय तथा बैंक तथा वित्तीय संस्थाबाट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ । यसवर्ष सुकिला नोट वितरण गर्ने भनिए पनि पाँच रुपैयाँ दरका भने नयाँ नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थाबाट सर्वसाधारणले ५, १०, २०, ५० र १०० दरका एक÷एक बन्डल नोट सटही गर्न पाउँछन् । तर, आवश्यकताका आधारमा बढी नोट पनि साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्