काठमाडौँ । घरजग्गा व्यवसायीहरु एकीकृत भएर इन्भेष्टमेण्ट कम्पनीमार्फत लगानी गर्ने भएका छन् । देशभरका व्यवसायीहरु एकजुट भएर इन्भेष्टमेण्ट कम्पनीमार्फत देशका मुख्य शहरहरुमा लगानी गर्ने गरी तयारी भइरहेको हो । अहिले कम्पनी निर्माणसँगै पुँजी जुटाउने तयारी भइरहेको नेपाल जग्गा तथा आवास विकास महासंघको अध्यक्ष विष्णुप्रसाद घिमिरेले बताएका छन् ।
घिमिरेले देशभरका व्यवसायीहरु अहिले एकजुट हुने क्रम शुरु भएको बताएका छन् । उनका अनुसार इन्भेष्टमेण्ट कम्पनी निर्माण भइसकेको छ । अब सोही कम्पनीमार्फत पुँजी संकलन गरिनेछ । सोही पुँजीबाट देशभर हाउजिङदेखि टाउन प्लानिङसम्ममा लगानी गर्ने तयारी छ ।
‘अहिले देशभरिका व्यवसायीहरू एकजुट भएका छौँ । हामी सबै व्यवसायी एक ठाउँमा आएर काम गर्ने भनेर हामीले एउटा इन्भेष्टमेण्ट कम्पनी पनि खोलिराखेका छौँ र त्यसमा हामीले कसले कति सक्छ, सक्ने जतिले त्यहाँ पैसा उठाएर त्यसबाट काम गर्ने भनेर हामी लागिराखेका छौँ ।’, उनले भने, ‘यो हिसाबमा सफल हुने योजना छ ।’
अध्यक्ष घिमिरेका अनुसार ४४/४५ वटा जिल्लामा महासंघका संघहरू संगठन छन् । ती संस्थामा रहेका व्यवसायीले ५ लाखदेखि २० लाखसम्म लगानी गर्न भनिएको छ । त्यसअनुसारको एउटा फण्ड जुटाइँदैछ र त्यो फण्डले चाहिँ प्रदेश सातवटा प्रदेशमा काम गर्ने योजना छ । घिमिरेका अनुसार कुन-कुन शहरमा नयाँ आधुनिक शहर बनाउने भन्नेबारे अहिले अनुसन्धान चलिरहेको छ । लगानी गर्ने शहरहरुमा व्यवसायीहरू मिलेर काम गर्ने योजना छ ।
कति जति फण्ड जुट्ला ?
अध्यक्ष घिमिरेका अनुसार सुरुमा करिब पाँच अर्बबाट काम सुरु गर्ने योजना छ । एकैचोटि धेरै पुँजी नउठ्न पनि सक्छ । थोरै-थोरैबाट काम गर्दै जाने योजना छ । एक ठाउँमा काम गर्दै जाने र त्यो राम्रो हुँदै गए क्रमशः पुँजी थप संकलनसँगै नयाँ प्रोजेक्टहरु शुरु गर्ने योजना छ । घिमिरेले मुख्य-मुख्य शहरहरू अहिले ध्यान केन्द्रित गराउने बताउँदै सरकारले बजेटमा पनि सात वटा प्रदेशमा एक लाख वटा घर बनाउने योजना अघि सारेकाले त्यसलाई पूरा गराउन अब व्यवसायीहरु योजनावद्ध तरिकाले लाग्ने बताएका छन् ।
उनका अनुसार एक लाख घर भनेको धेरै ठूलो हो । सात वटा प्रदेशमा टाउन प्लानिङ गरेर घरहरु निर्माण हुनेछ । देशका विभिन्न भेगमा पुराना शहरहरू छन् । तीनिहरु भत्काउने बेला पनि भइसक्या छन्, अब त्यहाँ नयाँ शहरहरू टाउन प्लानिङ गरेर बनाउनुपर्छ ।
चुनौती नै चुनौती
इन्भेष्टमेण्ट कम्पनीमार्फत घरजग्गामा लगानी गर्न खोजेपनि चुनौतीको चाङ रहेको घिमिरे बताउँछन् । उनका अनुसार अहिले कित्ताकाका कारण समस्या पैदा भइरहेको छ । अहिले राज्यका नीतिहरु स्पष्ट नहुँदा घरजग्गा व्यवसाय प्रभावित बनिरहेको छ भने नागरिकले समेत सास्ती खेप्नुपरेको छ ।
‘अब स्थानीय तह, वडादेखि नै हाम्रा सरकारहरू शुरु हुन्छ । वडा हुन्छ, गाउँपालिका जान्छ, नगरपालिका हुन्छ । अनि काठमाडौं उपत्यका, अब यता हुँदा काठमाडौँ उपत्यका प्राधिकरण हुन्छ । शहरी मन्त्रालयदेखि लिएर भूमि सुधार मन्त्रालय सबै कुरा हुन्छ ।’, उनले भने, ‘यो यस्तो धेरै झंझट नभइकन एकद्वार प्रणालीबाट काम भयो भने काम गर्न सजिलो हुन्थ्यो । हामीले पटक-पटक माग पनि यही गरेका छौँ ।’
त्यस्तै, उनले अब छिट्टै शहरी ऐन आउनुपर्ने बताएका छन् । ऐनमा निजी क्षेत्रका कुराहरु समेटिनुपर्ने उनको भनाई छ । उनले विकसित देशहरूमा धेरै काम निजी क्षेत्रले गर्ने भएकाले नेपालमा त्यो अभ्यास कम भएको बताउँदै विदेशमा जस्तै टाउन प्लानिङदेखिका सबै काम निजी क्षेत्रले गर्न पाउने गरी सरकारले सहजीकरण गरिदिनुपर्ने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्