काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक १९.८९ अंकले घटेर २७४१.९७ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३२३ कम्पनीको १ करोड ५ लाख ३५ हजार ८७४ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ४३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको २२ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबारको बजारमा नेपाल रिइन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् भने उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।