- अर्थ सरोकार सम्बाददाता
काठमाडौं। सरकारले एसियाली विकास बैंकबाट २४ अर्ब (२ सय मिलियन डलर) सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ । सरकारले विद्युत् प्रसारण र वितरण प्रणाली सुधारको लागि एशियाली विकास बैंक (एडीबी) बाट उक्त ऋण लिने निर्णय गरेको हो ।
यस्तै सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले नर्वे सरकारबाट प्राप्त हुने ४ अर्ब अनुदान पनि स्वीकार गर्ने निर्णय गरिएको बताए । चालू आर्थिक वर्षको बजेटमा सरकारले २ खर्ब ९९ अर्ब ५० करोड वैदेशिक ऋण लिने उल्लेख गरेको छ । यस्तो ऋणमा वैदेशिक अनुदान मात्रै ६० अर्ब ५२ करोड हुने अनुमान सरकारको छ।