×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले महिला उद्यमी महासंघ नेपालका सदस्यहरुलाई विभिन्न सेवाहरुमा विशेष छुट दिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले महिला उद्यमी महासंघ नेपालका सदस्यहरुलाई विभिन्न सेवाहरुमा विशेष छुट दिने

Artha Sarokar

२० भाद्र २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपालबीच व्यावसायिक सम्झौता भएको छ । बैंक र महासंघबीच नेपालका महिलालाई उद्यम क्षेत्रमा आकर्षित गरी महिला व्यवसाय प्रवर्द्धन गर्न बैंकबीच सम्झौता भएको हो ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र महिला उद्यमी महासंघका तर्फबाट अध्यक्ष शोभा ज्ञवालीबाट हस्ताक्षर भई सो महिला व्यावसायिक सेवा आरम्भ गरिएको छ ।
सम्झौता मार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरुलाई महिलाद्धारा सञ्चालीत उद्यम र नयाँ उद्यमी बन्न चाहने विभिन्न महिलालाई विशेष बैंक तथा वित्तीय सहयोग प्रदान गर्ने सम्झौता गरिएको छ । सोहि सम्झौता अनुसार एसोसिएसनका सदस्यहरुलाई लक्षित गरि बैंकको २७५ वटा शाखाहरु मार्फत महिलाद्धारा सञ्चालीत उद्यम र नयाँ उद्यमी बन्न चाहने विभिन्न महिलालाइ छुट सहितको कर्जा प्रवाहमा विशेष प्राथमिकता, वित्तीय साक्षरताका सेवा दिने जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृतले पाण्डेले दिए ।
यो सम्झौताबाट महिला उद्यमी महासंघ नेपालका सदस्यहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकको विश्वास छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी