काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएका छन् ।
लामो समयको रस्साकस्सीपछि उनलाई अर्थ मन्त्रालयले नेप्सेको अध्यक्षमा नियुक्त गरेको हो ।
उनी एनआरएन एन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका सिइओ थिए । सिएफए समेत रहेका बस्यालले गत भदौ १३ गते पदबाट राजिनामा दिएका थिए । हाल भने उनलाई अर्थ मन्त्रालयले नेप्सेको अध्यक्ष नियुक्त गरेको छ ।