काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष रहेका देव कुमार ढकालले राष्ट्रिय बीमा प्राधिकरणको अध्यक्षमा समेत आफ्नो दाबेदारी दिएका छन् । उनले केही दिन अघि सो दाबेदारी दिएका हुन् ।
सकेसम्म प्राधिकरणको अध्यक्ष बस्ने, नभए राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमै बसिरहने योजना अनुसार उनले प्राधिकरणमा दाबेदारी दिएका हुन् । उनी आफ्नो दाबेदारीपछि राजनीतिक दौडधुपमासमेत लागेको बुझिएको छ ।
उनी महिला हिंसामा दोषी ठहर भएका व्यक्ति हुन् । आफ्नै सहकर्मीलाई दुर्व्यवहार गरेको प्रकरणमा उनलाई महिला आयोगले दोषी ठहर गरेको थियो ।
यद्यपि ढकालले भने सो प्रकरणमा आफ्नो दोष नरहेको र आयोगले पनि व्यक्ति विशेषका लागि मात्र प्रतिवेदन बनाएको दाबी गरेका छन् । ‘म सो प्रकरणमा दोषी ठहर भएकै छैन । महिला आयोगले प्रतिवेदन सार्वजनिक गरेको पनि होइन ।’ ढकालले अर्थ सरोकारसँग भने, ‘त्यतिबेला निलम ढुंगानालाई गभर्नर बनाउने खेलमा हामीमाथि आरोप थुपारिएको मात्रै हो ।’
यता महिला हिंसामा दोषी ठहर भएका व्यक्ति राष्ट्रिय वाणिज्य बैंकमा अध्यक्ष भएर आएको भन्दै अहिले चौतर्फी विरोध भइरहेको छ । उनीमात्र होइन, राष्ट्रिय वाणिज्य बैंकका अर्का संचालक हरि कुमार सिलवाल पनि ऋणी भएकै बखत गैरकानुनी रुपमा बैंकमा संचालक नियुक्त भएका थिए । एकपछि अर्को गलत काम भएको भन्दै अहिले सो बैंकमा उच्च अधिकारीहरु असन्तुष्ट छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्