काठमाडौँ । सर्वोच्च अदालतले नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई बर्खास्ती गर्ने निर्णय तत्काल कार्यान्वय नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले यस्तो आदेश दिएको हो ।
सरकारले ओझालाई पदबाट बर्खास्त गरेपछि ओझो रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । इजलासले बर्खास्तीको निर्णय तत्काल कार्यान्वयन नगर्न भनेको हो । अदालतले नयाँ अध्यक्ष नियुक्ति प्रक्रियासमेत अघि नबढाउन आदेश दिएको हो ।