काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य स्थिर रहेको छ ।
कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि दुई लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला २५०५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ८४ हजार ७० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २१४८ रुपैयाँ कायम भएको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।