काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । बिहीबार राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।
यद्यपी बैंक जान र आउन कर्मचारीहरुले पनि सहज स्थिति नभएको गुनासो गरिरहेका छन् । उनीहरुले बैंकमा मान्छे पनि नआउने र डिजिटल बैंकिङ पनि चलिरहेकाले बैंकमा आईरहनुपर्ने स्थिति नभएको अवस्थामा पनि बैंक खोल्ने निर्देशन आउनु ठिक नभएको गुनासो गरिरहेका छन् ।
यता राष्ट्र बैंकले भने अत्यावश्यक सेवाका लागि मात्र बैंक खोल्नु भनेको र सबै शाखाहरु खोल्न नभनेको प्रष्ट पारेको छ । तर राष्ट्र बैंकले दिएको निर्देशन देखाउँदै कतिपय बैंकहरुले आफ्ना कर्मचारीहरुलाई काममा बोलाईरहेको पाइएको छ ।