काठमाडौँ । जेनजी आन्दोलनका कारण जलेका संरचनाको बीमा दाबी भूकम्पका बेलामा अभान्दा बढी पर्ने निश्चित भएको छ । बीमा कम्पनीका सीइओहरुले दिएको जानकारी अनुसार यो बीमा दाबी ऐतिहासिक बढी आउने निश्चित छ ।
सबैभन्दा बढी क्षति भएको भाटभटेनीको बीमा शिखर इन्स्योरेन्सलाई छ । भाटभटेनीको बीमा दाबी मात्रै अरवौंमा आउने पक्का छ । यता हिल्टन होटेलको बीमा ओरिएण्टल इन्स्योरेन्समा छ । हिल्टनको बीमा दाबी ७ अर्व हाराहारी पर्ने देखिएको छ ।
यस्तै गाडीका शोरुम र अन्य व्यवसायिक संरचनामा पनि ठुलो असर परेको प्रष्ट छ ।
यद्यपी बीमा कम्पनीहरुले पनि पुनर्बीमा कम्पनीमा पुनर्बीमा गरेका हुन्छन् । पुनर्बीमा कम्पनीहरुले पनि बिदेशी पुनर्बीमा कम्पनीमा पुनर्बीमा गरेका हुन्छन् । यद्यपी बीमा दाबीको पहाडले बीमा क्षेत्र तरंगित भने छ ।