काठमाडौँ । काठमाडौँको ल्होत्से मलमा आगजनी हुँदा ३५ करोड बढीको क्षति भएको पाइएको छ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते राति भएको आगजनीबाट मलमा ३५ करोड बढीको क्षति भएको ल्होत्से बहुउद्देश्यीय प्रालिले जनाएको छ ।
प्रालिका अनुसार आगजनीबाट मलमा कपडासहितका ५० भन्दा बढी पसल जलेर नष्ट भएका छन् ।
कपडाबाहेक मलमा रहेको मोबाइल पसल तथा रेष्टुरेन्टहरु पनि जलेर नष्ट भएका छन् । हाल प्रालिले मलमा आगजनी गर्ने तथा सामान लुटपाट गर्नेलाई पक्राउ गरि कारवाही गर्न माग गरेका छन् ।