काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको अत्यन्त आवश्यक संस्थाहरु छानीछानी आगजनी गरिएको बताएकी छिन् । सिंहदरबारमा आइतबार प्रधानमन्त्रीको पदभार ग्रहणपश्चात आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
उनले सुरक्षा निकाय, अदालत, प्रशासनिक भवनहरुमा आगजनी हुँदा महत्वपूर्ण कागजातहरु नष्ट भएको बताइन् । यो देखेर आफूलाई लाज लागेको पनि कार्कीले बताएकी छिन् ।
उनले नेपाली भएर कसैले यस्तो काम गर्छ ? भन्दै प्रश्न समेत गरेकी छिन् । उनले सरकारी संस्थामा आगजनी गर्नेलाई नेपाली कसरी भन्ने ? भन्दै प्रश्न गरेकी छिन् । ‘नोक्शान गर्ने, अपरिहार्य वस्तुलाई माटोमा मिलाउने काम गरिएको छ ।’, उनले भनिन्, ‘त्यसलाई छोड्नुपर्ने अवस्था छैन । यसको कारबाही हुनुपर्छ ।’
त्यस्तै, प्रधानमन्त्री कार्कीले यसप्रकारको घटना पहिलो पटक भएको पनि बताइन् । पूर्वतयारीअनुसार नै यस किसिमको घटना भएको कार्कीले आशंका गरेकी छिन् । उनले भौतिक क्षतिलाई बनाउन सकिए पनि महत्वपूर्ण दस्तावेजहरु अब पाउन नसकिने भन्दै यस्तो गर्नेलाई अनुसन्धान गरेर कारवाहीको दायरामा ल्याउने पनि बताएकी छिन् ।