काठमाडौँ । सरकारले उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आइतबार साँझ घिसिङलाई उर्जामन्त्रीमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उर्जामन्त्रीका रुपमा घिसिङले सोमबार (आज) पद तथा गोपनियताको शपथ लिनेछन् ।
यता उर्जामन्त्रीमा कुलमान नियुक्त भएसँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भने राजिनामा दिने तयारी गरेका छन् । उनी निकट स्रोतका अनुसार उर्जामन्त्रीमा कुलमानले सपथ लिए लगत्तै शाक्य राजिनामा दिने तयारीमा छन् ।