×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्य हालसम्मकै उच्च, तोलामै १९ सयले बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सुनको मूल्य हालसम्मकै उच्च, तोलामै १९ सयले बढ्यो

Artha Sarokar

३१ भाद्र २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १९ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख १५ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १९ सय रुपैयाँले बढेर दुई लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला २५९५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ८६ हजार १ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २२२५ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी