काठमाडौँ । मन्त्री बन्ने प्रधानमन्त्री सुशीला कार्कीको प्रस्ताव डा. सन्दुक रुइतले अस्वीकार गरेका छन् । मन्त्री बन्ने प्रस्ताव लिएर प्रधानमन्त्री कार्की मंगलबार तिलगंगा आँखा प्रतिष्ठान पुगेकी थिइन् ।
प्रधानमन्त्री कार्की र वरिष्ठ नेत्र चिकित्सक रुइतबीच सो विषयमा छलफल समेत भएको थियो ।
तर, सरकारमा सहभागी हुने प्रस्ताव डा. रुइतले अस्वीकार गरेका छन् । यद्यपि आफूले सरकारलाई सघाउने रुइतले प्रतिबद्धता व्यक्त गरेका छन् । रुइतले आफूले अस्पतालमा काम गर्नुपर्ने र बिरामीलाई छोड्न नसक्ने भन्दै मन्त्री बन्ने कार्कीको प्रस्ताव अस्वीकार गरेका हुन् ।