Skip to content
LAXMI SUNRISE BANK

‘म देश बनाउन आएको मान्छे’ भन्दै धुरुधुरु रोए हर्क साम्पाङ

अर्थ सरोकार

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ धुरुधुरु रोएका छन् । धरानमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मेयर साम्पाङले ‘म काम गर्न आएको मान्छे’ भन्दै धुरुधुरु रोएका हुन् ।

उनी भदौ २३ र २४ गतेको आन्दोलन र सोपश्चातको परिस्थिति सम्झिँदै भावुक बनेका थिए । 

त्यहीबेला मेयर साम्पाङले देशलाई विदेशीले ओभरटेक गर्न सक्ने भन्दै भक्कानिएका थिए । त्यसबेला केही सञ्चारकर्मीले ‘नरुनुस्’ भनेपछि केही सम्हालिँदै उनले देशको अहिले अफ्ठ्यारो परिस्थितिमा रहेको बताएका छन् । 

उनी धरानबाट प्रधानमन्त्री बन्न भन्दै काठमाडौँ आएका थिए । तर, उनी रित्तै हात धरान फर्किएका थिए । सञ्चारकर्मीसँग कुराकानी गर्दै मेयर साम्पाङले आफूलाई खानेपानी मन्त्री अफर गरिएको भए पनि स्वीकार नगरेको बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK