×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अख्तियारमा भ्रष्टाचारका सबै फाइल सुरक्षित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अख्तियारमा भ्रष्टाचारका सबै फाइल सुरक्षित

Artha Sarokar

३१ भाद्र २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारका सबै फाइल सुरक्षित रहेको पाइएको छ । जेनजी आन्दोलनका क्रममा अख्तियारको भवनसँगै सबै भौतिक संरचना जलेर ध्वस्त भए पनि भ्रष्टाचारका सबै फाइल भने सुरक्षित रहेको पाइएको हो ।

आन्दोलनका क्रममा टंगालस्थित आयोगको प्रधान कार्यालयमा तोडफोड र आगजनी गरिएको थियो ।

सो आगजनी र तोडफोडबाट आयोगको भौतिक संरचना ध्वस्त भएको थियो । आगजनीबाट आयोगमा रहेका विभिन्न कागजपत्र, विद्युतीय सामाग्रीहरु जलेर नष्ट भएका थिए । सोही क्रममा आयोगमा रहेका भ्रष्टाचार फाइल पनि जलेको आशंका गरिएको थियो ।

तर, आयोगमा रहेका भ्रष्टाचार सबै फाइल सुरक्षित रहेको पाइएको छ । त्यसबाहेक ७४ वटा मोटरसाइकल, १७ वटा जिप, कार र भ्यान, ३ वटा बस जलेर पूर्णरुपमा क्षति भएको छ। त्यस्तै पुस्तकालय, प्रशासन महाशाखा पनि जलेर पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी