काठमाडौँ । धनगढीको सडकलाई जेनजी मार्ग नामकरण गर्ने घोषणा गरिएको छ । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले धनगढी पार्क मोड–कवर्ड हल–‘सहिद गेट–क्याम्पस रोड’ छुने सडकलाई जेनजी मार्ग नामकरण गर्ने घोषणा गरेका हुन् ।
‘जोशी मेडिकल भएको चोकदेखि पार्क मोड–कबर्ड हल हुँदै ‘शहीद गेट–क्याम्पस रोड सडक’ छुने सडकसम्म जेन्जी मार्ग नामाकरणका लागि कार्यपालिका बैठकमा प्रस्ताव लाग्ने विषय सम्पूर्णलाई जानकारी गर्दछु ।’, उनले लेखेका छन् ।