काठमाडौँ । पद गइसक्दा पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका आधिकारिक सामाजिक सञ्जाल अकाउन्टहरु हस्तान्तरण नगरेको पाइएको छ । प्रधानमन्त्रीका आधिकारिक फेसबुक, एक्स, टिकटक, इन्टाग्राम लगायतका सामाजिक सञ्जालमा अहिले केपी शर्मा ओली नै प्रधानमन्त्री छन् ।
ती सामाजिक सञ्जालमा केपी शर्मा ओलीकै फोटो र विवरण राखिएका छन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएको एक हप्ता भइसक्दा पनि प्रधानमन्त्रीका आधिकारिक सामाजिक सञ्जाल अकाउन्ट ओलीबाट फिर्ता भएका छैनन् ।
यद्यपि उनले आफ्नो व्यक्तिगत सामाजिक सञ्जालमा विवरण परिवर्तन गरेर पूर्व प्रधानमन्त्री राखिसकेका छन् । तर, प्रधानमन्त्रीका आधिकारिक सामाजिक सञ्जालमा भने अहिले पनि ओली नै प्रधानमन्त्री छन् ।