काठमाडौं । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख १६ लाख १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ९ सय रुपैयाँले घटेर दुई लाख १५ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला २५२० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ८४ हजार ५ सय रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २१६०.५० रुपैयाँ कायम भएको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।