काठमाडौँ । सेयर विश्लेषक मनिष अर्यालले बिहीबारको सेयर कारोबारमा लगानीकर्तालाई अत्याउने काम भएको बताएका छन् ।
बिहीबारको बजारमा देखिएको नेगेटिभ सर्किटले लगानीकर्ता आत्तिएको भए पनि आज (बिहीबार) लगानीकर्तालाई अत्याउने काम भएको अर्यालको भनाई छ । ‘बिहीबार बजारमा कम समयमा, कम भोलूमले नै नेगेटिभ सर्किट लागेको देखिन्छ ।’, उनले भने, ‘टेक्निकल्ली बजारमा सानो भोलूममै ठूलो अंकको गिरावट आउँछ भने त्यसलाई अवसर मान्न सकिन्छ ।’
त्यस्तै, अर्यालले बिहीबारको घटोत्तरीलाई अवसर भनेका छन् । ‘बिहीबार ८० करोडको कारोबार हुँदा बजार १६० अंकले घटेको छ । यसलाई बाइङ्ग अवसरका रुपमा लिन सकिन्छ । आगामी साता कारोबारको एकदुई दिनपछि लगानीकर्ताले सुखद् बजार देख्न पाउँछन् ।’
अर्कोतर्फ ठूला स्टकमा नेगेटिभ सर्किट लाग्न थालेपछी ठूला लगानीकर्ताले बजारलाई थप घटाएर मार्केट नै हल्ट गराएको अर्यालले बताए । ‘ठूलाठूला स्टक घट्दा बजारमा नकारात्मक प्रभाव पर्छ । त्यस्ता स्टकमा नेगेटिभ सर्किट देख्न पाइयो ।’, अर्यालले भने, ‘यही कारण ठूला लगानीकर्ताले बरु यो मार्केटलाई अझै २–४ प्रतिशतले घटाएर ६ प्रतिशत पुर्याएर मार्केट नै हल्ट गरौँ भन्ने लागेको हुनसक्ने देखिन्छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्