काठमाडौँ । नेपाल धितोपत्र बोर्डले १५ मिनेटको नियम हटाएको छ । बोर्डको बैठकले लगानीकर्ताको माग सम्बोधन गर्दै १५ मिटेनको औसत गणना गर्ने विधि हाललाई स्थगन गर्ने निर्णय गरेको हो ।
१५ मिनेटको नियम बजारको पक्षमा नभएको भन्दै लगानीकर्ताले चर्को दबाब दिन थालेपछी बोर्डले उक्त नियमन हाललाई स्थगन गर्ने निर्णय गरेको बोर्डका एक सञ्चालकले बताएका छन् ।
यसो त लगानीकर्ताले यसअघि थुप्रैपटक बोर्डमा १५ मिनेटको निर्णय खारेजीमा माग गर्दै ध्यानाकर्षण पत्र समेत बुझाएका थिए । बोर्डको बैठक बस्दैछ भन्ने थाहा पाएपछि लगानीकर्ताहरु बोर्ड परिसरमै पुगेका थिए ।
लगानीकर्ताको उक्त दबाब झेल्न नसक्ने स्थिति बनेपछि बोर्डले हाललाई सो निर्णय हटाएको छ । योसँगै अब अन्तिम कारोबार मूल्यलाई नै अन्तिम कारोबार मूल्य मानिने छ ।
लगातार माग गर्दा पनि सम्बोधन नभएको उक्त १५ मिनेटको नियम खारेजीको माग अन्ततः हटेपछि हाल सेयर लगानीकर्ताहरु खुसि भएका छन् । उनीहरुले अब बजार बढ्नेमा विश्वास गरेका छन् ।