×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यसपाली दशैँमा खाद्यले खसी, बोका र च्याङ्ग्रा नबेच्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

यसपाली दशैँमा खाद्यले खसी, बोका र च्याङ्ग्रा नबेच्ने

Artha Sarokar

५ आश्विन २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैँमा खसी, बोका र च्याङ्ग्रा नबेच्ने भएको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण आपूर्ति व्यवस्था अन्योलमा परेपछि कम्पनीले यसपालि खसी, बोका र च्याङ्ग्रा नबेच्ने जनाएको हो । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सूचना अधिकारी माधव मिश्रले जेनजी आन्दोलन र सडक अवरोधका कारणले यस वर्ष खसी, बोका र च्याङ्ग्रा ल्याउन नसकेको बताए ।

देशमा देखिएको परिवर्तित राजनितिक घटनाक्रमले खसी, बोका र च्याङ्ग्रा ल्याउने तयारी चरणमा असहज अवस्था सिर्जना गरेको उनको भनाई छ । जेनजी आन्दोलनपछि पनि खसी, बोका र च्याङ्ग्रा ल्याउन कोसिस गरेको भए पनि नसकेको उनले बताएका छन् । 

हाल सडक ३६ घण्टासम्म सडक अवरुद्ध भएको उल्लेख गर्दै उनले लामो समय खसी, बोका र च्याङ्ग्रालाई गाडीमा स्टक गरेर राख्दा समस्या बताए । खसीबोका र च्याङ्ग्रा मरेर झन ठूलो नोक्शानी हुने र त्यसको सन्देश पनि नराम्रो जाने भएकोले यसवर्ष नबेच्ने निर्णय गरेको सूचना अधिकारी मिश्रले बताएका छन् । 

त्यस्तै, उनले खसी, बोका र च्याङ्ग्रा नबेच्ने निर्णयबाट उपभोक्तालाई केही असर पर्ने देखिए पनि निजी क्षेत्रले जटिल अवस्थामा सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । उनले मूल्यवृद्धि नगरी सुपथ मूल्यमा सेवा दिन पनि निजी क्षेत्रलाई आग्रह गरेका छन् । यसवर्ष खाद्यले खसीबोका र च्याङ्ग्रा नबेचे पनि मूल्यवृद्धि नियन्त्रणको लागि अनुगमन भने गर्ने बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी