×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देउवा र खड्काको घरमा पुग्यो सम्पत्ति शुद्धिकरणको टोली, जलेका नोटका ‘बण्डल’बारे अनुसन्धान गरिने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

देउवा र खड्काको घरमा पुग्यो सम्पत्ति शुद्धिकरणको टोली, जलेका नोटका ‘बण्डल’बारे अनुसन्धान गरिने !

Artha Sarokar

६ आश्विन २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सम्पत्ति शुद्धिकरण विभागको टोली पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र काँग्रेसी नेता एवम् पूर्व उर्जामन्त्री दीपक खड्काको घरमा पुगेको छ । आन्दोलनका क्रममा दुवैको घरमा भेटिएका पैसाका ‘बण्डल’बारे अध्ययन गर्न विभागको टोली देउवा र खड्काको घरमा पुगेको हो । 

भदौ २४ गते आन्दोलनका क्रममा देउवा र खड्काको घरमा आगजनी र तोडफोड गरिएको थियो । सो क्रममा दुवैको घरमा ठूलो मात्रामा रकम भेटिएको थियो । 

ठूलो मात्रामा नोटका ‘बण्डल’ पनि जलेका थिए । प्रदर्शनका क्रममा प्रदर्शनकारीले उनीहरुको घरबाट लाखौँ रुपैयाँ उडाएकासमेत थिए । जुन भिडियो अहिले पनि सामाजिक सञ्जालमा भाइरल छन् । 

अर्कोतर्फ बुढानिलकण्ठस्थित देउवाको घरमा पैसा राख्ने सुरुङसमेत भेटिएको दाबी गरिएको थियो । यद्यपि देउवाको सचिवालयले देउवाको घरमा अथाह पैसा र पैसा राख्ने सुरुङ भेटिएको हल्लामा सत्यता नभएको बताएको छ । हाल उक्त विषयमा सम्पत्ति शुद्धिकरण विभागले थप अध्ययन गर्नेछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी