काठमाडौँ । काभ्रेको नमोबुद्ध नगरपालिकाका पूर्वमेयर टंकप्रसाद शर्मा तिमल्सिनाको निधन भएको छ । स्कुटर दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मंगलबार बिहान निधन भएको हो ।
उनको उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।
तिमल्सिनाको साउन १० गते (शनिबार) बिहान नमोबुद्ध नगरपालिका-२ बीस किलोस्थित बीपी राजमार्गमा दुर्घटना भएको थियो । काठमाडौंतर्फ जाँदै गरेको बा ६२ प ३५७८ नं.को स्कुटरले विपरित दिशाबाट आउँदै गरेको बा.प्र. ०३-०२-००७ प ८८०० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।