×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्य आकाशियो, एकैदिन ३ हजार ९ सयले बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सुनको मूल्य आकाशियो, एकैदिन ३ हजार ९ सयले बढ्यो

Artha Sarokar

७ आश्विन २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ हजार ९ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३ हजार ९ सय रुपैयाँले बढेर दुई लाख २१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ३० रुपैयाँले बढेर प्रतितोला २६८० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ९० हजार ७० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २२९८ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी