×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्ततः हट्यो १५ मिनेटको नियम, अब पुरानै तरिकाले गणना हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अन्ततः हट्यो १५ मिनेटको नियम, अब पुरानै तरिकाले गणना हुने

Artha Sarokar

७ आश्विन २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आज (मंगलबार)देखि १५ मिनेटको भारित औसत मूल्य गणना विधि हटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले १५ मिनेको नियम आजैदेखि हटेको जनाएको हो ।

योसँगै अब अन्तिम कारोबार मूल्यका आधारमा नेप्से परिसूचक गणना हुनेछ । 

यसअघिसम्म २ बजेर ४५ मिनेटदेखि ३ बजेसम्मको कम्पनीको भारित औसत मूल्यका आधारमा समूहगत सूचक र नेप्से परिसूचक गणना हुँदै आएको थियो । अब भने सो विधि अनुसार गणना नहुने भएको छ ।

नेप्सेले १५ मिनेटको भारित औसत मूल्य गणना विधि चैत ७ गतेदेखि लागू गरेको थियो । लगानीकर्ताले उक्त विधिको चर्को विरोध गरेपछि उक्त नियम खारेज भएको हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी