काठमाडौँ । जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका टोपबहादुर रायमाझी पुनः जेल फर्किएका छन् । भदौ २४ गते डिल्लीबजार कारागारबाट भागेका उनी मंगलबार फर्किएका हुन् ।
उनी आफ्ना लुगाफाटो लिएर जेल फर्किएको कारागार प्रशासनका एक कर्मचारीले बताएका छन् ।
ती कर्मचारीका अनुसार आन्दोलनका क्रममा सामान सबै जलेर नष्ट भएपछि लुगाफाटो लिएर फर्किएको रायमाझीले कारागार प्रशासनमा जानकारी गराएका छन् । उनी विगठित प्रतिनिधिसभामा अर्घाखाँचीबाट निर्वाचित सांसद हुन् ।
आन्दोलनका क्रममा कैदीहरु भागेपछि कारागार प्रशासनले भागेका कैदीहरुलाई स्वइच्छाले फर्किन अपिल गरेको थियो । कारागार प्रशासनको अपिलपछि उनी पुनः जेलमै फर्किएका छन् ।