×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘आविष्कार केन्द्रका लागि बजेट छुट्याउँदिन, छुट्याएँ भने त्यो भ्रष्टाचार हुन्छ’- महावीर पुन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘आविष्कार केन्द्रका लागि बजेट छुट्याउँदिन, छुट्याएँ भने त्यो भ्रष्टाचार हुन्छ’- महावीर पुन

Artha Sarokar

९ आश्विन २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रका लागि बजेट नछुट्याउने बताएका छन् ।

आफूले जन्माएको संस्था वा आफू कार्यरत रहेको संस्थाका लागि मन्त्रीले बजेट छुट्याउन नमिल्ने उनको भनाई छ । उनले विगतमा आविष्कार केन्द्रका लागि बजेट छुट्याउन थुप्रै मन्त्री र प्रधानमन्त्रीलाई आग्रह गरे पनि आफू मन्त्री हुँदासम्म आविष्कार केन्द्रका लागि कुने बजेट नछुट्याउने बताएका छन् ।

यदि आफूले आविष्कार केन्द्रका लागि बजेट छुट्याए त्यो ठूलो भ्रष्टाचार हुने पुनको भनाई छ । सो विषय पछि अख्तियारसम्म पनि पुग्न सक्ने भन्दै उनले आविष्कार केन्द्रका लागि बजेट नछुट्याउने बताएका छन् । 

मन्त्री नहुँदासम्म आफू नै आविष्कार केन्द्रको अध्यक्ष र हर्ताकर्ता रहे पनि मन्त्री बन्नुअघि नै आविष्कार केन्द्रबाट राजिनामा दिएको पुनले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी