Skip to content
LAXMI SUNRISE BANK

देउवा परिवारको सम्पत्तिमाथि छानविन सुरु, दिपक खड्का पनि अनुसन्धानको घेरामा, अब के हुन्छ ?

अर्थ सरोकार

काठमाडौँ । सरकारले पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा परिवारको सम्पत्तिमाथि अनुसन्धान सुरु गरेको छ । जेनजी आन्दोलनका क्रममा देउवा निवासमा ठूलो मात्रामा पैसा भेटिएपछि सरकारले अनुसन्धान थालेको हो ।

हाल सम्पत्ति शुद्धिकरण विभागले केही प्रमाणहरु संकलन गरेर नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ । 

आन्दोलनका क्रममा देउवा निवासमा ठूलो मात्रामा नगदहरु फेला परेको थियो । त्यतिमात्र होइन, त्यहाँ पाँच सय र हजारका थुप्रै नोटसहित डलर पनि जलेको अवस्थामा भेटिएका थिए । 

यसो त सो दिन देउवा निवासमा पैसाहरु उडाएको भिडियो पनि सामाजिक सञ्जालमा छरपस्ट छन् । अर्कोतर्फ ठूलो मात्रामा जलेका नोटहरु पनि फेला परेका थिए । विभागले सोही प्रमाणका आधारमा अनुसन्धान सुरु गरेको थियो । हाल थप प्रमाणहरु पनि संकलन भएको विभागले जनाएको छ । 

यता विभागले निवर्तमान उर्जामन्त्री दिपक खड्काको सम्पत्तिमाथि पनि अनुसन्धान थालेको छ । जेनजी आन्दोलनका क्रममा उनको घरबाट पनि ठूलो मात्रामा पैसा फेला परेको थियो । प्रदर्शनकारीले उनको घरमा पनि पैसा उडाएका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK