×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ मन्त्रालयलाई कार्यदलको सुझावः २५ करोडको क्याप हटाउनुपर्ने, दुई भन्दा बढी डिम्याट खाता खोल्न दिनुपर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अर्थ मन्त्रालयलाई कार्यदलको सुझावः २५ करोडको क्याप हटाउनुपर्ने, दुई भन्दा बढी डिम्याट खाता खोल्न दिनुपर्ने

Artha Sarokar

१० आश्विन २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पूँजी बजार सुधारका लागि गठन गरिएको कार्यदलले अर्थमन्त्रीलाई अध्ययन प्रतिवेदन बुझाएको छ । बजारका समस्या, लगानीकर्ताका माग र तत्काल गर्नुपर्ने सुधारसहितको प्रतिवेदन कार्यदलले अर्थमन्त्री रामेश्वर खनाललाई बुझाएको हो । 

जेनजी आन्दोलनका कारण भदौ २४ गते बन्द भएको बजार खुलेको पहिलो दिन नै नेगेटिभ सर्किट लागेर बन्द भएको थियो । लगत्तै अर्थमन्त्री खनालले सो कार्यदल गठन गरेको थिए ।

उक्त कार्यदलले अर्थमन्त्रीलाई बुझाएको प्रतिवेदनमा सुझावको पहिलो बुँदामै सेयर धितो कर्जामा लगाइएको २५ करोडको क्याप हटाउनुपर्ने सुझाव दिइएको छ । कार्यदलले बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक सीमा रु. २५ करोडलाई हटाउन सुझाव दिएको छ । 

धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठन गरिएको चार सदस्यीय कार्यदलले लगानीकर्ताले दुई वा सो भन्दा बढी हितग्राही (डिम्याट) खाता खोल्न सक्ने व्यवस्था गर्न पनि सुझाव दिएको छ । त्यसबाहेक कार्यदलले तत्काल, मध्यम र दीर्घकालीन गरी कार्यान्वयन गर्नुपर्ने ३७ वटा सुझाव पेश गरेको छ । 

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी