×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कुहिएका नेताहरु नफालेसम्म ठूलो परिवर्तन सम्भव छैन’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘कुहिएका नेताहरु नफालेसम्म ठूलो परिवर्तन सम्भव छैन’

Artha Sarokar

१० आश्विन २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले कुहिएका नेताहरुलाई नफालेसम्म देशमा ठूलो परिवर्तन सम्भव नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पुनले यस्तो बताएका हुन् ।

उनले आगामी निर्वाचनमार्फत स्वच्छ युवाहरुको बहुमतको सरकार बनाउन आग्रह गर्दै कुहिएका नेता नफालेसम्म ठूलो परिवर्तन सम्भव नभएको बताएका छन् । ‘कुहिएका नेताहरु फालेर स्वच्छ युवा नेताहरुको अत्याधिक बहुमतको सरकार बनाएसम्म ठूलो परिवर्तन सम्भव छैन ।’, उनले लेखेका छन् ।

त्यस्तै, शिक्षामन्त्री पुनले योग्य, नैतिकवान र दृढ संकल्प भएको युवा जनप्रतिनिधिहरु छान्न कत्ति पनि झैझगडा नगरी संगठित रुपमा चुनावमा भाग लिने तयारीमा तुरुन्त लाग्न पनि आह्वान गरेका छन् ।

मन्त्री पुनले सोही पोस्टमार्फत भ्रष्टाचारलाई सकेसम्म कम गरेर सारा जनतालाई सुशासन दिने सरकार बनोस्, नेपाल आर्थिक रुपमा सम्पन्न बनोस्, विदेशीहरुले चलखेल गर्न नपाउन् र प्रत्यक्ष राष्ट्रपति चुन्ने व्यवस्था आओस् भन्ने सपना देख्नेहरुलाई निर्वाचनका लागि तयार रहन पनि आग्रह गरेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी