×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल प्रहरीले माग्यो १५५३ जना जेन-जी जवान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाल प्रहरीले माग्यो १५५३ जना जेन-जी जवान

Artha Sarokar

१० आश्विन २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल प्रहरीले ठूलो संख्यामा जागिर खुलाएको छ ।  प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै झण्डै १६ सय प्रहरी नयाँ भर्ना गर्न दरखास्त आह्वान गरेको हो ।

१५५३ जना प्रहरी जवान, प्रहरी कार्यालय सहयोगीतर्फ हजाम ११ जना, कुचीकार १५ जना र खेलाडी १५ जना गरी १५ सय ९४ जना भर्ना गर्न दरखास्त आह्वान गरेको हो ।

प्रहरी जवानका लागि न्यूनतम शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा ८ कक्षा पास गरेको हुनुपर्ने सूचनामा उल्लेख छ । प्रहरी कार्यालय सहयोगीका लागि भने साधारण लेखपढ गर्न जानेको हुनुपर्ने योग्यता तोकिएको छ ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म तोकिएको केन्द्रमा स्वयम् उपस्थित भई दरखास्त फाराम बुझाउन सक्नेछन् ।

जवान, हजाम र कुचीकारका लागि सातै वटा प्रदेशका प्रदेश प्रहरी कार्यालय, सबै जिल्ला प्रहरी कार्यालय र काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रहरी परिसरमा दरखास्त फाराम बुझाउन सकिनेछ ।

खेलाडीको हकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज काठमाडौंमा बुझाउनुपर्नेछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी