काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा. प्रभात अधिकारीले राजिनामा दिएका छन् । उनले शुक्रबार पदबाट राजिनामा दिएका हुन् ।
उनले राजिनामाको कारण भने खुलाएका छैनन् ।
तर, एक्कासि शुक्रबार अधिकारीले पार्टीको केन्द्रीय सदस्यबाट राजिनामा दिएको रास्वपाका एक नेताले पुष्टि गरेका छन् । यसअघि रास्वपाबाट पार्टीकी पूर्व सहमहामन्त्री सुमना श्रेष्ठ र केन्द्रीय सदस्य हरि भट्टले राजिनामा दिइसकेका छन् ।