×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकमा ग्राहकको रकम घोटाला प्रकरणः अम्बादत्त पन्त १० लाख धरौटी तिरेर छुटे, मुद्धा अझै जारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

महालक्ष्मी विकास बैंकमा ग्राहकको रकम घोटाला प्रकरणः अम्बादत्त पन्त १० लाख धरौटी तिरेर छुटे, मुद्धा अझै जारी

Artha Sarokar

१३ आश्विन २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । महालक्ष्मी विकास बैंकको २ करोड ८५ लाख रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेका बैंकका दुई कर्मचारी धरौटीमा छुटेका छन् । उच्च अदालत (महेन्द्रनगर इजलास)ले धरौटीमा छोड्न आदेश दिएकपछि उनीहरु धरौटी बुझाएर रिहा भएका हुन् ।

धरौटीमा छुट्नेमा बैंकको दार्चुलास्थित गोकुलेश्वर शाखामा ग्राहक सहायता कक्षमा कार्यरत अम्बादत्त पन्त र कर्जा विभागका कर्मचारी धनन्जय पन्त रहेका छन् ।

बैतडीको पुर्चौडी नगरपालिका–३ का अम्बादत्त पन्तलाई १० लाख धरौटीमा छोड्न आदेश दिइएको थियो भने बैंकको कर्जा विभागमा कार्यरत धनन्जय पन्तलाई २५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिइएको थियो ।

अदालतले धरौटीमा छोड्न अनुमति दिएका दुवैजना धरौटीबापतको रकम बुझाएर रिहा भइसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिक्रम बहादुर शाहीले जानकारी दिएका छन् ।

सोही प्रकरणमा पक्राउ परेका बैंकको गोकुलेश्र शाखाका तत्कालीन शाखा प्रबन्धक (ब्रान्च मेनेजर) सागर शाही र नगद विभागकी कर्मचारी निर्मला साउँदलाई भने पुर्पक्षका लागि कारागार चलान गरिएको छ । यद्यपि मुद्दाको अन्तिम किनारा भने लागिसकेको छैन ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी