काठमाडौँ । जेन-जी आन्दोलनमा घाइते भएका थप एकजनाको मृत्यु भएको छ । ट्रमा सेन्टरमा उपचाररत लक्ष्मण राईको मृत्यु भएको हो ।
नुवाकोटको पञ्चकन्या गाउँपालिका-२ का ३६ वर्षीय राईको उपचारका क्रममा मृत्युभएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले पुष्टि गरेका छन् ।
ती अधिकारीका अनुसार भदौ २४ गते आन्दोलनका क्रममा उनको टाउकोमा गोली लागेको थियो । उनलाई आइसियूमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा आइतबार उनको मृत्यु भएको हो ।
योसँगै जेन-जी आन्दोलनमा मृत्युवरण गर्नेको संख्या ७६ पुगेको छ ।