काठमाडौँ । एमालेले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग अस्वीकार गर्ने भएको छ । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा भएको सरकारी दमनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोग एमालेले अस्वीकार गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेका हुन् ।
बिहीबार गुण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो घोषणा गरेका हुन् । उनले आयोगले तयार पार्ने प्रतिवेदन समेत स्वीकार नगर्ने बताएका छन् ।
जेन–जी आन्दोलनका क्रममा गौरीबहादुर कार्कीले पहिले नै ओलीलाई समात्नुपर्छ, थुन्नुपर्छ भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेकोले उनै कार्कीको नेतृत्वमा बनेको आयोग स्वीकार नगर्ने ओलीले घोषणा गरेका छन् ।