काठमाडौँ । पूर्वसांसद योगेश भट्टराईले रातो पासपोर्ट (कुटनीतिक पासपोर्ट) फिर्ता गरेका छन् ।
एमालेका नेतासमेत रहेका भट्टराई प्रतिनिधि सभा सदस्यका हैसियतले लिएको रातो पासपोर्ट राहदानी विभागमै पुगेर फिर्ता गरेको जानकारी दिएका छन् ।
राहदानी नियमावली २०७७ को नियम १८ अनुसार कुनै कारणबस सांसद पद गुमेको वा नरहेको अवस्थामा सांसदको हैसियतले लिएको रातो पासपोर्ट एक महिनाभित्र फिर्ता गरिसक्नुपर्छ । सो समयमा पासपोर्ट फिर्ता नभए विभागले पासपोर्ट नै रद्द गर्न सक्छ ।
सोही नियममाथि टेकेर आफूले रातो पासपोर्ट फिर्ता गरेको भट्टराईले बताएका छन् । जेन-जी आन्दोलनपश्चात भदौ २७ गते संसद विघटन भएको थियो ।