×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालेन र सुदनविरुद्ध नेविसंघले पनि दियो उजुरी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बालेन र सुदनविरुद्ध नेविसंघले पनि दियो उजुरी

Artha Sarokar

२६ आश्विन २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघले काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध उजुरी दिएको छ । नेविसंघले बालेन र सुदनविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँ र ललितपुरमा उजुरी दिएको हो ।

भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा भएको अप्रिय घटनामा उनीहरुमा पनि अनुसन्धान गर्नुपर्ने मागसहित नेविसंघले उजुरी दिएको छ ।

उजुरीमा आन्दोलन उक्साएको, आगजनी र तोडफोड गरेर राष्ट्रिय सम्पदामा क्षति पुर्याएको, सरकारी तथा निजी सम्पत्तिमा लुटपाट गराएको घटनामा उनीहरुमाथि छानविन हुनुपर्ने माग गरिएको छ । प्रहरीले उक्त उजुरीबारे सरकारी वकिलसँग सल्लाह गरेर जानकारी गराउने बताएको छ ।

यसअघि एमाले निकट अनेरास्ववियुले पनि बालेन र सुदनविरुद्ध उजुरी दिइसकेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी