Skip to content
LAXMI SUNRISE BANK

पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ

अर्थ सरोकार

काठमाडौँ। पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ परेका छन् । महरालाई सीआईबीको टोलीले असोज २६ गते (आइतबार) पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्र्याउने गिरोहसँग महरा र उनका छोरा राहुलको सम्पर्क रहेको कल रेकर्ड सार्वजनिक भएपछि उनी अनुसन्धानको घेरामा आएका थिए ।

विद्युतीय चुरोट (भेप)मा लुकाएर ३ वर्षअघि सुन तस्करी गराएको प्रकरणमा प्रहरी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंबाट सिलसिलेवार रुपमा उन्मुक्ति पाएका महरामाथि अख्तियारले अनुसन्धान अघि बढाएको हो ।

महरासँग सुन तस्करी प्रकरणमा अख्तियारले बिहीबार टंगालस्थित कार्यालयमा बोलाएर बयान लिएको थियो । हाल भने उनी पक्राउ परिसकेका छन्।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK