Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य अल टाइम हाई, तोलाको दुई लाख ४० हजार नाघ्यो

अर्थ सरोकार

काठमाडौँ । सोमबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २४ सय रुपैयाँले बढेर दुई लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ९५ रुपैयाँले बढेर प्रतितोला ३२२० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ६ हजार १ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २७६०.५० रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK