काठमाडौँ । इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सर्वोच्च नागरिक सम्मान दिने भएको छ । ट्रम्पलाई उक्त सम्मान प्रदान गर्नेबारे इजरायली राष्ट्रपति इसाक हर्जोगको कार्यालयले जानकारी दिएको छ ।
हाल ट्रम्प इजरायल पुगिसकेका छन् । सोमबार हमासले सात जना इजरायली बन्धकहरुलाई रिहा गरेको छ । उनीहरु सातै जना इजरायलको सीमाभित्र प्रवेश गरिसकेको जनाइएको छ ।