काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ४४.२५ अंकले बढेर २५४७.६० बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३३० कम्पनीको ९९ लाख ४ हजार ८ सय ७४ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ९७ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ । यस कम्पनीको ३१ करोड ९१ हजार बराबरको कारोबार भएको छ ।
त्यस्तै, सोमबारको बजारमा तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल रिइन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको हो ।