Skip to content
LAXMI SUNRISE BANK

धमाधम फिर्ता हुँदै सरकारी गाडीः तिहारको मुखमा पूर्व सभामुख रानाभाट र सभामुखका स्वकीय सचिवले फिर्ता गरे गाडी

अर्थ सरोकार

काठमाडौँ । पूर्वसभामुख तारानाथ रानाभाट र सभामुख देवराज घिमिरेका स्वकीय सचि तेजप्रकाश भट्टराईले सरकारलाई गाडी फिर्ता गरेका छन् । पूर्वसभामुख रानाभाटले पूर्वविशिष्ट पदाधिकारीको हैसियतमा लिँदै आएको गाडी सुविधा सरकारलाई फिर्ता गरेका हुन् ।

त्यस्तै, घिमिरेका स्वकीय सचिव भट्टराईले तजबिजीको गाडी प्रयोग गर्दै आएका थिए ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले पूर्वविशिष्ट पदाधिकारीसहित स्वकीय सचिवले पाउँदै आएको सुविधा खारेज गर्ने निर्णय गरेसँगै उनीहरुले आफूले उपभोग गर्दै आएको गाडी सुविधा फिर्ता गरेको संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार हालसम्म २० वटा गाडी फिर्ता भएका छन् । थप गाडी पनि फिर्ता हुने क्रम जारी छ । यसअघि पूर्वसभामुखहरु र संसदीय समितिका सभापतिहरुले गाडी फिर्ता गरिसकेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK