काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १९.४३ अंकले घटेर २५२८.१६ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३१७ कम्पनीको ७४ लाख ८८ हजार २ सय ७३ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ३६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको ३२ करोडबराबरको कारोबार भएको छ ।
त्यस्तै, मंगलबारको बजारमा शुभम् पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
यता, समाज लघुवित्तका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।