×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईएमएफले पनि घटायो नेपालको आर्थिक वृद्धिदर प्रक्षेपण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आईएमएफले पनि घटायो नेपालको आर्थिक वृद्धिदर प्रक्षेपण

Artha Sarokar

२९ आश्विन २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको आर्थिक वृद्धिदर प्रक्षेपण घटाएको छ । कोषले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.२ प्रतिशत हुने प्रक्षेपण गरेको हो ।

यसअघि कोषको फ्ल्यागसिप प्रकाशन वल्र्ड इकोनोमिक आउटलुकले सन् २०२६ मा ५.५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो ।

यसो त जेन–जी आन्दोलनपछि आईएमएफले मात्र होइन, विश्व बैंकले पनि नेपालको आर्थिक वृद्धिको प्रक्षेपण व्यापक घटाएको थियो । तर, आईएमएफले भने यसअघि गरिएको आर्थिक वृद्धिको प्रक्षेपण सामान्य मात्र घटाएको छ ।

त्यस्तै, आईएमएफले यस वर्ष विश्वव्यापी आर्थिक वृद्धि ३.२ प्रतिशत र अर्को वर्ष ३.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी