Skip to content
LAXMI SUNRISE BANK

साढे दुई लाख नाघ्यो सुनको मूल्य

अर्थ सरोकार

काठमाडौं । सुनको मूल्य साढे दुई लाख नाघेको छ । बिहीबार सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर साढे दुई लाख बढी पुगेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २ हजार रुपैयाँले बढेर दुई लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला ३२७५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख १५ हजार १ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २८०८ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK