Skip to content
LAXMI SUNRISE BANK

बुद्ध एयरका मालिकले खोले पार्टी, चुनाव लड्ने तयारी !

अर्थ सरोकार

काठमाडौँ । वायुसेवा कम्पनी बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतसहितले पार्टी खोलेका छन् । बस्नेतसहितको टोलीले ‘गतिशील लोकतान्त्रिक पार्टी’ खोलेका हुन् । 

बिहीबार निर्वाचन आयोगमा दर्ता भएको उक्त पार्टीको अध्यक्षमा दिनेश प्रसाईं छन् भने पियुषप्रसाद कायस्थ महासचिव छन् । 

बुद्ध एयरका मालिका बस्नेत पार्टीको सदस्य छन् । सदस्य मात्र भएकाले निर्वाचन आयोगमा दल दर्ता भएसँगै अब बस्नेतले चुनाव लड्न सक्नेछन् । तर, पार्टीको विधानमा पदाधिकारीहरु चुनाव नलड्ने व्यवस्था गरिएको छ । 

बस्नेतसहितले खोलेको पार्टी निर्वाचन आयोगमा ५१७ नम्बरमा दर्ता भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK